धनगढीमा जमिनमा गाडिएको अवस्थामा भेटियो चोरीका गहना

चोरीको आरोपमा हर्कबहादुर गिरी पक्राउ
सुदूर प्रेस संवाददाता

धनगढी– उप-महानगरपालिका-४ बसपार्क स्थित योगेन्द्र ओझाको घरबाट चोरी भएका थप गरगहना प्रहरीले बरामद गरेको छ । उपमहानगरपालिकाकै वडा नम्बर १ बस्ने  गीता भण्डारीले सञ्चालन गरेको खाजा पसल भित्र तथा सोही नजिक निजले भाडामा लिएको जमिनमा गाडिएको अवस्थामा ती गरगहना फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जमिनमा खाल्डो बनाई लुकाई राखेको अवस्थामा शनिबार नौगेडी १ थान , मङ्गलसूत्र १ थान, बरमाला १ थान, फेन्सीमाला  १ थान, पत्थरवाला माला १ थान, बाला १ थान , ठुलो टप २ जोर (चार पिस), विभिन्न प्रकारका सानो टप (१३पिस), अँगुठी १ थान, सिक्री १ थान, हिरा जस्तो देखिने सिक्री १ थान, र नगद रु. ३४६ रुपैयाँ बरामद गरिएको छ । प्रहरीले चोरीको आरोपमा हर्कबहादुर गिरीलाई पक्राउ गरी चोरी मुद्दामा थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित:
2024/08/11, 4:49
SPA
KN
Priya Gahana Pasal