भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
६ लेन सडक अन्तर्गत १२ चक्के मालवाहक ट्रकले किच्दा स्कुटर चालक महिलाको घटनास्थलमै ज्यान गएको हो । ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ४९ प ८९४४ नम्बरको स्कुटर चालक महिलाको ज्यान गएको हो ।
काठमाडौंबाट आइरहेको स्कुटीलाई सोही दिशाबाट आइरहेको उक्त ट्रकले गठ्ठाघर बस स्टपमा ठक्कर दिई स्कुटी चालकलाई घिसारेर ज्यान लिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । स्थानीयको प्रदर्शनका कारण सो क्षेत्र तनावग्रस्त बनेको छ । मृतकको सनाखत हुन सकेको छैन ।
दुर्घटनापछि ट्राफिक प्रहरीले पुरानो बाटो थिमि रुटमा सवारी साधन ड्राइभर्ट गरेको छ । अहिले सो क्षेत्रमा सवारी साधन अस्तव्यस्त बनेको छ भने ट्राफिक प्रहरीले पुरानो बाटो थिमी भएर जान सवारी साधनलाई आग्रह गरेको छ । शव चक्का मुनी बिभत्स अवस्थामा देखिन्छ । दुर्घटना दिउँसो करिब २ बजेको समयमा भएको बताइएको छ । प्रहरीले शव उठाउन सकेको छैन ।