भारी वर्षाका कारण कैलालीका अधिकांश स्थानहरूमा डुबान

मोहना र यसका सबै सहायक नदीहरूमा बहाव सतर्कता तह नजिक
सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली जिल्लाको अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ। वाढीका कारण जिल्लाका अधिकांश क्षेत्र डुवानमा परेका छन् । मोहना र यसका सबै सहायक नदीहरूमा बहाव सतर्कता तह नजिक रहेको छ । वाढी थप बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागमा बस्नेहरुलाइ उच्च सतर्कता अपनाउँन आग्रह गरीएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बाग्मती,गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा समेत भैरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाका अनुसार राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरुमा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित:
2024/08/21, 7:31
SPA
KN
Priya Gahana Pasal