मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

सुदूर प्रेस संवाददाता

धनगढी– सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । अर्याललाई पर्सि १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

मुख्यसचिवमा नियुक्त अर्याल अहिले गृह सचिव हुनुहुन्छ । उहाँ वरीयताक्रममा चौथो नम्बरमा हुनुहुन्थ्यो । अर्याल करिब १५ महिना मुख्य सचिव रहनुहुनेछ । अहिले मुख्य सचिव रहनुभएकी लीलादेवी गड्तौला उमेर हदका कारण आज अवकाश पाउँदै हुनुहुन्छ ।

नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल २०४६ माघदेखि नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गर्नुभएको हो । उहाँले यसअघि विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन र स्थानीय तहमा रहेर काम गरिसक्नुभएको छ । 

प्रकाशित:
2024/08/30, 7:58
SPA
KN
Priya Gahana Pasal