धनगढी–कैलाली प्रहरीले गएको तीन दिनमा भन्सार छली गरेर ल्याइएका १२ लाख ६५ हजार ४६५ मूल्य बराबरका मोबाइल लगाएतका मालसमान बरामद गरेको छ ।
प्रहरी टोलीले धनगढी उपमहानगरपालिका«—१३ विमानस्थल जाने बाटो नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका—१बस्ने राजु चौधरीलाई रु आठ लाख ४० हजार मूल्य बराबरको २१ थान ‘आइफोन’ मोबाइल सहित आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले मोबाइललाई कार्टुनमा ‘प्याक’ गरी काठमाडौं पठाउन तयारी गरिएको अवस्थामा निज चौधरीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । बरामद भएका मोबाइल कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।
तीनदिन अघि कैलाली जिल्लाका विभिन्न सीमानाकाबाट भन्सार छलीगरी भित्र्याइएका मोबाइल सेटको ९०थान डिस्प्ले सहित रु चार लाख २५हजार चारसय ६५मूल्य बराबरका मालसमान बरामद गरिएको थियो ।
धनगढी उपमहानगरपालिका—१०जुगेडा क्षेत्रबाट मोबाइलको डिस्प्ले र गोदावरी नगरपालिका—३ तथा ४बाट सुर्ती,सलाई,जर्दा तुल्सी,नारीवल,प्लाष्टिककाझिल्ली लगाएतका व्यापारिक मालसमान बरामद गरेको हो ।
प्रहरीले बझाङ जिल्ला घर भई कैलालीको गोदावरी नगरपालिका—२मा बस्दै आएकी मङ्गलीदेवी धामीलाई झण्डै १६किलो लागु औषध चरेश सहित पक्राउ गरेको छ । निज धामी बस्ने घरको कोठामा बोरामा राखेर भुसभित्र लुकाई राखिएको अवस्थामा उक्त बस्तु बरामद गरेको हो ।
दुई दिनअघि बझाङ जिल्ला केदारस्यू नगरपालिका—७का जनक धामीलाई धनगढीको क्याम्पस चोकबाट चार किलो पाँचसय ग्राम लागु औषध चरेस सहित पक्राउ गरिएको छ ।
क्याम्पस चोकमा शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा प्रहरी टोलीले निज धामीले बोकेको झोला खानतलासी गर्दा उक्त बस्तु सहित रु ७५ हजार फेला परेको जिल्ला प्रहरी प्रवक्ता बोहराले बताउनुभयो ।
सीमानाकाबाट अबैध रुपमा भन्सार छलेर भित्र्याउने गरिएका मालसामान प्रहरीले धमाधम बरामद गरिरहेको छ । कतिपय घटनामा बेवारिसे अवस्थामा मालसामान बरामद हुँदा केही घटनामा सम्बन्धित व्यक्ति सहित मालसामान बरामद हुने गरेको छ ।
गएको साउनमा एकैदिन प्रहरीले धनगढी उपमहानगरपालिका क्षेत्रबाट बेवारिसे अवस्थामा फेला परेको रु १२ लाख नौ हजार मूल्य बराबरको कुर्ति,साडी,सहितको समान बरादगरी भन्सार कार्यालयलाई बुझाएको थियो ।
भन्सार छलीका समान बरामद गर्न प्रहरी आएको सूचना हुनासाथ सामान भित्र्याउनेहरु मालसामान त्यसै छाडेर फरार हुने गरेका छन् ।
“कतिपय घटनामा यस्तो कारोवार गर्ने सम्बन्धित मानिस सहित सामान बरामद हुने गरेको छ” प्रवक्ता बोहराँले भन्नुभयो“सामान बरामद हुँदा अवैध व्यापार रोकथाम भएर राज्यको राजश्व पनि वृद्धि गर्नमा टेवा पुगिरहेको छ ।”
आजको मिति