बसको ठक्करबाट बालक र हजुरआमाको ज्यान गयो

सुदूर प्रेस संवाददाता

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा ना ७ ख २५२५ नम्बरको बसले गएराति सात वर्षका बालक विशाल श्रेष्ठ र हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।

गैँडाकोट–११ का बालक विशालको घटनास्थलमा नै र हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धरको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । ठक्कर दिएको बस र बसका चालकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकाशित:
2024/09/07, 9:31
SPA
KN
Priya Gahana Pasal