पलेशालाई तेक्वान्दो सङ्घको १० लाख रुपैयाँसहित सम्मान

काठमाण्डौ – नेपाल तेक्वान्दो सङ्घले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ । तेक्वान्दो सङ्घले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामा र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेको हो ।

पलेशालाई १० लाख, लामालाई ३ लाख र भरतलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । कार्यक्रममा नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले पलेशालाई २५ हजार र भरतलाई १० हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । तेक्वान्दो सङ्घले पारा तेक्वान्दोको विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कोषाध्यक्ष एवम् सङ्घको पारा कमिटीको संयोजक कसिम मिया धोबीलाई सम्मान गरेको छ ।

सङ्घले पलेशाका आमाबाबुलाई पनि सम्मान गरेको छ । पेरिस पारा ओलम्पिक्स २०२४ अन्तर्गत भदौ १४ गतेको के–४४ विधा अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई पराजित गर्दै कांस्य जितेकी थिइन् ।  

प्रकाशित:
2024/09/09, 7:39
SPA
KN
Priya Gahana Pasal