कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एक घाइते

सुदूर प्रेस संवाददाता

धनगढी– कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन् । 

दुर्घटनामा कैलाली जानकी गाउँपालिका-८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको हो।

May be an image of text that says "जैविक विविधता हाम्रो जीवनरेखा हो! संरक्षण गरों, सन्नुलित भविष्य निर्माण गरौं। वन, वन्यजन्तु, जलचर, चराचुरुंगी र औषधिजन्य वनस्पति सबै हाम्रो प्राकृतिक सम्पदा हुन् जैविक विविधताको नाश भनेको हाम्रो अस्तित्वमाथि खतरा हो| संरक्षण नै समृद्धिको आधार हो| सचेत बनौं, संरक्षणमा साथ दिऔ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेश धनगढी,कैलाली धनगढी, कैलाली"

जिल्ला प्रहरी कार्यालय​का अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका- १ मा सोमबार बेलुकी करिब साढे ८ बजेतिर पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु भएको हो। चौधरी  से ६ प ६२७९ नम्बरको मोटरसाइकल चालक हुन्। मल्लले बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल चलाएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई बेलुकी नै धनगढीको नवजीवन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको कार्यालयका प्रवक्ता डीएसपी कविन्द्रसिंह बोहोराले जानकारी दिए। अहिले उनीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बोहराले बताए।

बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार कञ्चनरको शुक्लाफाँटा- ७ का २२ वर्षीय दिपक बोहोरा घाइते भएका छन्। उनको उपचार नवजीवन अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित:
2025/07/02, 10:08