यस्तो छ आजको मौंसम

सुदूर प्रेस संवाददाता

धनगढी– काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा बिहानैदेखि घाम चर्केको छ । गण्डकी प्रदेशका कास्की, तनहुँ, स्याङ्जालगायतका ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भएको छ ।

दिउँसो सबै प्रदेशका केही ठाउँहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति दकोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अरु प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित:
2025/07/13, 8:11
SPA
KN
Priya Gahana Pasal