धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार

धनगढी — कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने गाडी चालक फरार भएका छन्।

आइतबार राति यूपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका–४ का ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी लगिएको भए पनि उपचारकै क्रममा राति करिब पौने ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक गौतम ऐर भने सकुशल रहेका छन्।

दुर्घटनापछि ठक्कर दिने भारतीय नम्बर प्लेटको गाडी र चालक घटनास्थलबाट फरार भएका छन्। फरार चालक र गाडीको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित:
२०८३ असार २२, ०८:०९
SPA
KN
Priya Gahana Pasal