एजेन्सी– महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । लड्र्समा हिजो भएको फाइनलमा घरेलु टोली इङ्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले ७ औँ पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो ।
इङ्ल्यान्डले दिएको १ सय ५१ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर १ बलमै ३ विकेट गुमाएर पूरा गरेकाे थियो । अष्ट्रेलियाका लागि मुनीले ६४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन् । लिचफिल्डले ३५ बलमा ४८ रन बनाइन् ।
त्यसअघि अष्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । कप्तान न्याट साइभर–ब्रन्ट ५८ रनमा अविजित रहिन् ।
फ्रेया केम्पले अविजित ४४ रन जोडिन् । लुसी ह्यामिल्टनले ४ ओभरमा १९ रन मात्र खर्चिएर १ विकेट लिइन् ।