यस्तो रहने छ आगामी तिन दीनको मौंसम

सुदूर प्रेस संवाददाता

धनगढी– आज, भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी खोलाहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासमा बाढीको आस्मिक जोखिम छ ।

यस्तै भोलि र पर्सि कोशी, बागमती, गण्डकी र मधेश प्रदेश भई बहने नदीहरूमा बहाव आकश्मिक बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाडका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

अरु ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाड र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । 

प्रकाशित:
२०८३ असार २३, ०८:२०