धनगढीको चौराहमा रहेको ग्लोबल आइएमई बैंकका कर्मचारीमा देखियो कोरोना

Covid 19
सुदूर प्रेस संवाददाता

धनगढी, १ भदौ–धनगढीको चौराहामा रहेको ग्लोबल आइएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण देखियको छ । सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उप–महानगरपालिका– ४ का २६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।  यस्तै सोमवार भएको परीक्षणमा उनिसहीत सुदूरपश्चिमका थप चार जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाका दुईसहित थप चार जनामा संक्रमण देखिएको हो।   धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का २६ बर्षीय पुरुष र वडा नम्वर १९ का २२ बर्षीय पुरुषमा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।   कैलालीकै गोदावरी नगरपालिका वडा नम्वर– १२ का ४० बर्षीय पुरुष र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ का ५२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । 
 सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय २७ जनाको कोरोना परीक्षण भएको छ।

सोमवार चार जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार २५ पुगेको छ। चर हजार दुई सय बढि संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भईसकेको छ। 


 

प्रकाशित:
2020/08/17, 2:05