कैलालीका ४८ जनामा कोरोना पुस्टी

coronavirus
सुदूर प्रेस संवाददाता

धनगढी - सेती प्रादेशिक अस्पतालमा हिजो भएको परिक्षणमा धनगढी महानगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको छ । स्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठलेका अनुसार वडा नम्वर ५ का १५ र अन्य वडा नखुलेका १३ गरी २८ जनामा संक्रमण देखिएको हो । उनका अनुसार कैलालीको गोदावरीका ६ जना, लम्की चुहाका पाँच जना, बर्दगोरीका चार जना, भजनीका दुई जना, मोहन्याल, जानकी र कैलारीका एक/एक जनमा संक्रमण पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार एक सय २७ पुगेको छ। संक्रमण पुष्टि भएका पाँच हजारले कोरोना जितेको दावी गरिएको छ भने १४ जना संक्रमितको मृत्यु भईसकेको छ।

प्रकाशित:
2020/09/04, 10:12