डडेल्धुरामा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका भट्टको मृत्यु

Death
सुदूर प्रेस संवाददाता

डडेल्धुरा - डडेल्धुरामा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका एक जनाको मृत्यु भएको छ । आफैंले आफ्नो शरिरमा आगो लगाएर घाइते भएका परशुराम नगरपालिका–११ सलेताका ४५ वर्षीय जयानन्द भट्टको उपचारका क्रममा मृत्य भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक जनकबहादुर मल्लका अनुसार उनले भदौ १३ गते आफ्नो शरिरमा आगो लगाएका थिए।

उनमा मानसिक समस्या रहेको बुझिएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए। उनको जोगबुडा अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको उनले बताए। उनका अनुसार आगोले उनको ढाड पोलिएको थियो।

आमाको किरिया बसिरहेका उनी बीचमै किरिया छोडेर आफ्नो शरिरमा आगो लगाएको बुझिएको मल्लले जानकारी दिए।

‘उहाँ ९भट्ट० को आमाको ११ गते निधन भएको रहेछ। उहाँसहित तीन दाजुभाइ किरिया पुत्र बस्नु बसेको र बीचमै किरिया छोडेर आफैले लगाएको कपडामा आगो लगाएर घाइते हुनुभएको थियो।’ उनले भने,‘अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान निधन भयो।’ घटनाबारे थप अनुसन्धना भइरहेको समेत उनले जानकारी दिए।

प्रकाशित:
2020/09/04, 11:14