धनगढीमा युवतिलाई होटेलमा बोलाएर बलात्कार गर्ने ४ जना पक्राउ, होटेल मालिक पनि समातिए

Arrest

धनगढी, – धनगढीकी एक २१ वर्षीय किशोरीलाई जबरजस्ती करणी गर्ने  चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एन्ड बारमा किशोरीमाथि बलात्कार भएको उजुरी आएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले होटेल सञ्चालक समेत रहेका कञ्चनपुर भिमदत नगरपालिका ९ का सन्जु पालसहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । किशोरीलाई होटेल सञ्चालकले बोलाएर  ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
किशोरी बलात्कार आरोपमा डडेल्धुरा अमरगढी नगरपालिका वडा नम्बर १ का २० वर्षीय हेमन्त दियाल, नवदुर्गा गाउँपालिका वडा नम्बर २ का २४ को दीपक भट्ट र अजयमेरु गाउँपालिका वडा नम्बर १ का २१ वर्षीय टङ्क धामी लाई पक्राउ गरेको हो ।

उनीहरू चारै जनामाथि जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित:
2020/09/09, 6:42