सुदूरपश्चिममा आज थप ७० जनामा कोरोना पुष्टि, कैलालीका मात्रै ६७ जना  

प्रदेशमा कुल संक्रमित ६ हजार तीन सय ८८
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी – सुदूरपश्चिममा आज थप ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १९ जनाको कोरोना परीक्षण भएकोमा ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ। कैलालीका ६७ जनामा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। 
गोदावरी नगरपालिकाका १३ जना, कैलारी गाउँपालिकाका एक जना, चुरे गाउँपालिकाका दुई जना, घोडाघोडी नगरपालिकाका एक जना र कञ्चनपुरको पुनर्वासमा दुई जना सङ्क्रमित थपिएका हुन् । 
उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ। ६१ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

डडेलधुरा अस्पतालमा परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ। पछिल्लो २४ घण्टामा ९७ जनाको परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको डडेलधुरा अस्पतालले जनाएको छ।

यो सँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ६ हजार तीन सय ८८ पुगेको छ। 

प्रकाशित:
2020/09/10, 4:08