चोरी मुद्धामा फरार भएका तीन जना पक्राउ

pakrau

धनगढी–चोरी मुद्धाका फरार तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले  पक्राउ गरेको छ ।  कैलालीको घोडाघोडी नगरपालिका –४ का १८ वर्षीय निराजन चौधरी, १८ वर्षीय दिपेन्द्र चौधरी र २० वर्षीय रविन चौधरी लाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

घोडाघोडीकै वडा नम्बर ५ डोकेबजारबाट पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले दोषी ठहर्याइ सजाए सुनाइसकेको  प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।  पक्राउ परेका निराजनलाई  एक लाख ५४ हजार, दिपेन्दलाई ७७ हजार, रविनलाई ७७ हजार जरिवाना र एक महिना कैद सुनाइएको थियो।

प्रकाशित:
2020/09/14, 6:17