अन्तर्राष्ट्रिय सीमानाका असोज ३० गतेसम्म बन्द

दार्चुला नाकाबाट पनि आवत जावत गर्न पाइने
sima naka

धनगढी–सरकारले कोभिड १९ को जोखिम न्यूनिकरणका लागि बन्द गर्दै आएको अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म जारी राख्ने निर्णय गरेको छ । तर भारत र चीनमा समस्यामा परेका नेपालीलाई प्रवेशका लागि थप ३ नाकामा आवागमन स्वीकृति दिइएको छ ।  

सोमबार बसेको मन्त्रिपरिद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाका सबै विन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट असोज ३० सम्म प्रवेश निषेध गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । कोरोना संक्रमण रोक्न सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय यही भदौ ३१ सम्म कायम थियो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले सबै अन्तर्राष्ट्रिय नाकाहरुमा प्रवेश निषेध गरिए पनि समस्यामा परेका नगारिकलाई निश्चित नाकाबाट आउन दिने बताए । उनले यसअघि छिमेकी देशहरुबाट १० वटा नाकाबाट समस्यामा परेका नेपालीलाई प्रवेश दिइएकोमा सोमबारको बैठकले थप ३ नाकालाई आवागमनलाई स्वीकृति दिइएको जानकारी दिए ।

प्रवक्ता ज्ञवालीले भारतमा समस्यामा परेका नागरिकलाई थप दुई नाकाबाट प्रवेशका लागि स्वीकृति दिने निर्णय गरिएको जानकारी दिए । उनले इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलघाँट नाकाबाट समेत अब नेपालीहरु स्वेद फर्कन पाउने बताए । यसअघि भारतबाट १० नाकाबाट प्रवेश अनुमति थियो ।
मन्त्री ज्ञवालीले चीनतर्फ रसुवागढी प्रवेश विन्दुबाट समेत समस्यामा परेका नेपालीलाई आउन दिने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए ।

प्रकाशित:
2020/09/16, 5:13