सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडौंमा पनि भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किए
earthquaik

धनगढी–आज बिहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो ।
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।  राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

यसअघि भदौ २६ गते नेपाल–भारत सीमानजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित:
2020/09/16, 6:43