नेपालमा २४ घन्टामा थप १५ सय ३९ संक्रमित

१ हजार ६८ जना निको भएर फर्किय
Corona Update

धनगढी–नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिए । हालसम्म संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । २४ घन्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ४१ हजार ७ सय ६ जना कोरोना संक्रमण निको भएर घर फर्किएका प्रवक्ता गौतमले जनाए । २४ घन्टामा १० हजार ४ सय ९४ पीसीआर परीक्षण भएका छन् । ८ जनाको मृत्यु भएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८२० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १६ हजार २४२ जना रहेको छ ।

प्रकाशित:
2020/09/16, 4:54