कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको सेनाद्वारा अनतेष्टि

Antesti
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना संक्रमणका कारण मृत्यु भएकी धनगढी उप–महानागरपालीका–५ की महिलाको आज नेपाली सेनाले अन्तिम संस्कार गरेको छ । कैलालीको तेघरी स्थित श्री भवानीदल गणबाट गएको तालीम प्राप्त सैनीक टोलीले शव व्यवस्थापन सम्बन्धी पूर्व निर्देशित सुरक्षाका सम्पूर्ण उपायहरुको अवलम्बन गरि धनगढी–७ को राष्ट्रिय बन क्षेत्रमा शबको अन्तिम संस्कार गरेको गणका प्रमुख सेनानी बिकाश केसीले जानकारी दिए । गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम मृतकका आफन्त, स्थानिय पदाधिकारीहरुको उपस्थितिमा दाह संस्कार गरीएको केसीले जानकारी दिए । कोरोना संक्रमणका कारण गम्भिर भएकी  ति महिलाको हिजो साँझ सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 
 

प्रकाशित:
2020/09/17, 8:21
SPA
KN
Priya Gahana Pasal