कोरोनाबाट ज्यान गुमाउने ३ सय ८३ पुगे, बिहीबार थपिए ४ जना

Corona Update

धनगढी–पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ रहेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार  ज्यान गुमाउनेमा ३ महिला र  १ जना पुरुष छन्।  ज्यान गुमाउनेहरूमा मोरङ ६४, चितवन ३६ र कैलाली ५७ वर्षीया महिला छन् भने काठमाडौंका ८७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ।  योसँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको  संख्या  ३ सय ८३ पुगेको छ।

प्रकाशित:
2020/09/17, 8:49