नेपालमा हालसम्मकै उच्च २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि

Corona Update

धनगढी–नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबारबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ५३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ७१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

प्रकाशित:
2020/09/18, 4:29