आज संविधान दिवस, प्रधानमन्त्रीको विशेष सम्बोधन, २८९ कैदीबन्दी छाडिँदै

राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान
Rastpati

धनगढी–आज संविधान दिवस मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभा मार्फत् संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।  नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । संविधान दिवसका दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन्‌।  सैनिक मञ्‍च टुँडिखेलमा बिहान ९ बजे हुने विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्‌। सो सम्बोधनमा उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिने र संविधान कार्यान्वयन अवस्थाबारे जानकारी दिने बताइएको छ।  यस्तै, संविधान दिवसकै अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ जना कैदीबन्दीको कैद मिनाहा गरिदिएकी छिन्‌। संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कैदीबन्दी रिहा हुँदै गर्दा आजै राष्ट्रपतिले ५९४ जनालाई विभिन्न सरकारी विभूषण प्रदान गर्नेछिन्‌। मन्त्रिपरिषद्‌ले गरेको सिफारिस बमोजिम राष्ट्रपतिले विभूषण प्रदान गर्न लागेकी हुन्‌।​​तत्कालीन राष्ट्रपति रामवरण यादवले २०७३ साल असोज ३ गते नेपालको संविधान जारी गरेका थिए। यो संविधान जनप्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो।  लामो समयसम्म दलीय स्वार्थको रस्साकस्सीमा रहेका राजनीतिक पार्टीहरू २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएपछि संविधान बनाउने मार्गमा अग्रसर भएका थिए। तर, त्यसअघिसम्म नेपालको सुक्ष्म व्यवस्थापन समेतमा हस्तक्षेप गर्दै आएको भारतले नेपालको स‌ंविधान आफ्नो इसारामा नबनेपछि ६ महिनासम्म नाकाबन्दी लगाएको थियो। 

प्रकाशित:
2020/09/19, 7:19