नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार सय नाघ्यो

संक्रमणबाट २४ घन्टामा थप ११ को मृत्यु
Corona Update

धनगढी–नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयको शनिबारको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ७ जना महिला र ४ जना पुरुष रहेको बताए 

मृतक महिलामा मोरङकी ६५ वर्षीया, रौटहटकी ५१ वर्षीय, सर्लाहीकी ५६ वर्षीया, ललितपुरका ७६ र ६८ वर्षीया, काठमाडौँका ७७ र ३७ वर्षीया रहेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा ललितपुरका ६० वर्षीय, काठमाडौँका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४ सय १ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये मृत्यु हुने ०.६४ प्रतिशत रहेको छ ।

प्रकाशित:
2020/09/19, 9:05