संबिधान दिवस कैलालीमा पनी भब्यताका साथ मनाइयो (तस्बिर सहित)

sambidhan diwas

धनगढी–संबिधान दिवस शनिबार कैलालीमा पनी भब्यताका साथ मनाइएको छ । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसरमा कैलालीमा पनि बिभिन्न संघसंस्था र क्लबहरुले खुसियाली  स्वरुप बिबिध कार्यक्रम आयोजना गरे । धनगढी उपमहानगरपालीका –१३ मा रहेको शिखर युवाक्लबले यस अवसरमा शनिबार साँझ दिप प्रज्वलन गरेको छ । सो अवसरमा प्रमुख अतिथी धनगढी उपमहानगरपालीका– १३ का वडा अध्यक्ष बिजयराज जोशीले संबिधानको सबैले अक्षरसः पालना गर्नुपर्ने धारणा राखे । कार्यक्रमको संयोजन क्लबका अध्यक्ष गजेन्द्र वोहराले गरेका हुन । २०७२ साल असोज ३ गते संविधानसभा मार्फत् संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।  

Image may contain: 5 people, people standing, night and fireImage may contain: one or more people, people standing, fire and nightImage may contain: one or more people and nightImage may contain: 3 people, people standing, fire and night, text that says "REDMI NOTE 8PRO AI QUAD CAMERA"Image may contain: 2 people, people standing, night and outdoorImage may contain: one or more people, people on stage and indoorImage may contain: one or more people, people standing and night

प्रकाशित:
2020/09/20, 7:27
SPA
KN
Priya Gahana Pasal