धनगढी–सुदूरपश्चिम प्रदेशमा संक्रमित भएकामध्ये पाको उमेरका भन्दा युवा बढी छन्। हालसम्मको तथ्यांकमा २१ देखि २९ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणदर उच्च देखिएको छ। संक्रमित भएको उक्त उमेर समूहका व्यक्तिहरू धेरैजसो लक्षणविहीन छन्। असोज ३ गते शनिबारसम्म कुल संक्रमित संख्यामध्ये दुई हजार सात सय ३७ जना २० देखि २९ वर्ष उमेर समूहका छन्। जसमा सात सय १८ जना महिला र दुई हजार १९ जना पुरुष छन्। यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार ४ सय २५ जना संक्रमित छन्। जसमध्ये महिला ३ सय २५ जना छन् भने पुरुष एक सय २५ जना छन्। शून्य देखी ९ वर्ष उमेर समूहका ५ सय ८८ जना, १० देखि १९ वर्ष उमेर समूहका आठ सय १८ जना, ४० देखि ४९ वर्ष उमेर समूहका पाँच सय ८८ जना र ६० वर्षभन्दा माथिका १ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ।
आजको मिति