भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान मृत्यु

२० जनाको जीवितै उद्धार
accident

एजेन्सी–भारतको महाराष्ट्र राज्यको भिवण्डीमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । २० जनाको जीवितै उद्धार गरिएको छ । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहान भत्किएको भवनभित्र फसेकाहरुको खोजी र उद्धारको काम चलिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुस्ख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।

प्रकाशित:
2020/09/21, 12:11
SPA
KN
Priya Gahana Pasal