चर्चित आरोही 'हिउँ चितुवा' आङरिता शेर्पाको निधन

Death

काठमाडौं–चर्चित आरोही हिउँ चितुवा आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको छ । सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाको आज बिहान काठमाण्डौको जोरपाटीमा निधन भएको परिवारले जानकारी दिएका छन् । उहाँले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । यही कारणले उहाँलाई हिउँ चितुवा उपनाम दिइएको थियो ।

नेपाललाई विश्व रङ्गमञ्चमा चिनाउने शेर्पाले प्रकृतिमाथि विजय प्राप्त गर्नु भएको थियो । उहाँ सु(प्रबल गोरखा दक्षिण बाहु पहिलोलगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित हुनुभएको थियो ।

प्रकाशित:
2020/09/21, 12:32