लामो दुरीमा यात्रा गर्दा खाना/खाजा आफैं बोक्न यात्रुलाई सरकारको आग्रह

yatayat

धनगढी–सरकारले लामो दुरीमा सार्वजनिक सवारीमार्फत यात्रा गर्ने यात्रुलाई खाजा खाना प्याकिङ गरेर बोक्न आग्रह गरेको छ । होटलहरुमा खाना र खाजा खाँदा कोरोना संक्रमण हुने जोखिम रहेकाले लामो दुरीको यात्रामा हिँड्दा सकेसम्म आफैं घरमा प्याकिङ गरेको खाद्यवस्तु बोक्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ । सवारीमा चढ्दा वा झर्दा अन्यबाट कोरोना सर्ने र फैलिने जोखिम हुने भएकाले घरबाटै प्याकिङ गरिएका खानारखाजा साथमै बोक्न अनुरोध गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । विभागले अत्यावश्यक काम परेमा मात्रै यात्रा गर्न पनि सुझाएको छ । विभागले सडक आसपासका होटल तथा रेष्टुरेन्टलाई पनि स्वच्छ खाजारखाना प्याकेकिङ गरेर बिक्री गर्ने प्रवन्ध गर्न आग्रह गरेको छ ।

प्रकाशित:
2020/09/22, 9:44