मौसम अपडेट : यस्तो छ आगामी तिन दिनको पूर्वानुमान

मुलुकका सबै प्रदेशमा आज ठूलो वर्षा हुने सम्भावना
weather update

धनगढी–मुलुककाआज बुधबार सबै प्रदेशमा ठूलो वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको सूचनाअनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका थोरै(थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १र२ स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’मा उल्लेख छ।

यसैगरी राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने तथा सबै प्रदेशका थोरै(थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।


प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १र२ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आगामी २४ घण्टा ९बिहीबार बिहान ६ बजेसम्म० का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ स् ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाका अनुसार हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र छ र यो पश्चिम(उत्तरपश्चिम सर्दै छ। यसैकारण नेपालमा वर्षा हुने क्रम बढेको हो। 

Screenshot 200

प्रकाशित:
२०७७ असोज , ०७:१५
SPA
KN
Priya Gahana Pasal