घुन्सा दुर्घटनाको १४ वर्ष पूरा, संरक्षण दिवस मनाइँदै

Death

काठमाडौँ–ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४ जना संरक्षणर्मी हेलिकोप्टर दुर्घटनामा परी निधन भएको आज १४ वर्ष पूरा भएको छ।  दुर्घटनामा निधन भएकाहरुको योगदानको स्मरण गर्दै आजको दिनमा राष्ट्रिय संरक्षण दिवसको रुपमा मनाउँदै आइएको छ।  २०६३ असोज ७ मा सो दुर्घटना  भएको थियो। श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–सरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो । दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा.दामोदारप्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङलगायतको निधन भएको थियो।  आज हेलिकप्टर दुर्घटनामा निधन भएका स्व.डा.हर्क गुरुङ र डा.चन्द्रप्रसाद गुरुङको स्मृतिमा तमु ह्युल छोँजधि गुरुङ परिषदले अर्चुअल कार्यक्रम गर्दैछ।     

प्रकाशित:
2020/09/23, 8:50