जङ्गली जनावर मार्न थापेको करेन्टको पासोमा परेर कैलालीमा एक जनाको मृत्यु

Death

 धनगढी–जङ्गली जनावर मार्नका लागी लागि थापेको करेन्टको पासोमा परेर कैलालीको  गौरीगंगामा एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–१० का   २९ वर्षीय रघुवीर धामीको मृत्यु भएको हो । खेतमा रहेको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

जङ्गली जनावरका लागि थापेको करेन्टको पासोमा परेर उनको ज्यान गएको उनले बताए। घटनाको अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित:
२०७७ असोज , ११:३६
SPA
KN
Priya Gahana Pasal