नेपालमा थप ११ सय ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो 
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–नेपालमा थप ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको प्रवक्ता गौतमले बताए ।
२४ घन्टामा जम्मा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएका छन् । हालसम्म ९ लाख ४४ हजार ४ सय ७४ पीसीआर परीक्षण भएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १८ सय ९३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९ सय ५४ जना पुगेको छ । बुधबार अपराह्नसम्म सक्रिय संक्रमित १७ हजार ४ सय १४ रहेको प्रवक्ता गौतमले बताए । त्यस्तै क्‍वारेन्टाइनमा संख्या ७ हजार १ सय ४ रहेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो 

कोरोना संक्रमणबाट २४ घन्टामा थप ७ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ६ पुरुष र १ जना महिला रहेको बताए ।

मृतकमा काठमाडौँका ६८ वर्षीया महिला, झापाका ८६ वर्षीय, सिरहाका ५० वर्षीय, काठमाडौँका १६ वर्षीय, ललितपुरका ६४ वर्षीय र बर्दियाका ३९ वर्षीय पुरुष रहेका छन् ।
मृत्यु हुने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४३६ पुगेको छ । देशभर पछिल्लो २४ घन्टामा ११ सय ७२ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १८ सय ९३ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित:
2020/09/23, 5:14