राष्ट्रिय सम्मानका साथ आरोही आङरिता शेर्पाको अन्त्येष्टि

Death

काठमाडौँ–कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार बिहान काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।
आरोही आङरिता शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै पर्यटनमन्त्री योगेश भट्टराई
शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । त्यस्तै सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।
सगरमाथा शिखर आरोहणमा आफ्नो जीवनकालमै किंवदन्तीझैं बनेका आरोही आङरिता शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो  । बोतलको अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका शेर्पाको बिहान १० बजे कपनस्थित छोरी डोमाको घरमा निधन भएको हो ।

आङरिता २००५ सालमा सोलुखुम्बुको हिलाजुङ ९हाल पासाङल्हामु गाउँपालिका– थामेमा जन्मिएका थिए ।

‘हिउँचितुवा’ का नामले विश्वभर कहलिएका उनले नेपालका ८ हजार अग्ला सबै हिमाल बोतलको अक्सिजनबिना आरोहण गरेर कीर्तिमान बनाएका थिए । उनले पाकिस्तानको केटु हिमाल पनि आरोहण गरे । सन् १९८३ देखि १९९६ सम्ममा १० पटक बोतलको अक्सिजनबिना सगरमाथा आरोहण गरेपछि उनको कीर्ति विश्वसामु फैलिएको थियो ।

प्रकाशित:
2020/09/23, 6:09