वामदेव गौतमलाई कुनै पनि संवैधानिक जिम्मेवारी नदिन सर्वाेच्चकाे अन्तरिम आदेश

Bamdev

काठमाडौँ–सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई कुनै पनि संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको छ । अधिवक्ता दिनेश त्रिपाठीलगायतले दिएको रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको नियुक्तिलाई यथास्थितिमा राख्दै थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । 

सर्वोच्चले यही असोज १४ गते दुवै पक्षलाई छलफलको लागि समेत बोलाएको छ । 

प्रकाशित:
2020/09/23, 6:15