डडेलधुरामा भारतबाट आएका एक जना कोरोना सङ्क्रमितको मृत्यु

Corona Update
सुदूर प्रेस संवाददाता

डडेलधुरा–डडेलधुरामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।  उनी दुई दिनअघि भारतबाट आएका थिए। श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए। मृतकका आफन्तका अनुसार उनमा भारतमै छँदा  कोरोना पुष्टि भएको थियो ।  डडेलधुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको हो। मृतकको शव अहिले डडेलधुरा अस्पतालमै राखिएको छ  ।  नेपाली सेनाले आज शवको दाहसंस्कार गर्नेछ। योसङै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १६ पुगेको छ। 

प्रकाशित:
2020/09/24, 7:14