स्याङ्जाको वालिङमा पहिरो जाँदा २ जनाको मृत्यु,७ जना बेपत्ता

पाल्पामा पाँच जना बेपत्ता
pahiro

स्याङ्जा–स्याङ्जाको वालिङमा पहिरो जाँदा २ जनाको ज्यान गएको छ भने ७ जना बेपत्ता हेका छन् । वालिङ नगरपालिका वडा नम्बर १४ तमादीमा आज बिहान ५ बजेर ३० मिनेट जाँदा घर माथिबाट आएको पहिरोमा परि एक घरका १० जना पुरिएको छिमेकी कृष्ण बहादुर खनालले जानकारी दिए । 

माया नेपालीको घरमा पाहुना सहित १० जना रहेका थिए । १० जना मध्ये १७ वर्षकी छोरी मनीषा नेपालीको उद्धार गरी वालिङ अस्पतालमा उपचारको लागि पठाइएको छ ।  पहिरोमा पारिएका अन्य ९ जनाको खोजी कार्य भइरहेको छ ।

पाल्पामा पाँच जना बेपत्ता

पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । अरु विवरण आएको छैन । म घटनास्थलमा पुग्दै छु ।’

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिए ।

प्रकाशित:
2020/09/24, 8:47