कैलालीमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढीमा १७ सङ्क्रमित थपिए
Corona Update

धनगढी– कैलालीमा आज थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका १७ सहित २४ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । पछिल्लो २४ घण्टामा तीन सय ४९ जनाको परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए । 
सङ्क्रमित मध्ये धनगढी उपमहानगरपालिका वडा नम्बर– ११ का ४ महिला र ६ पुरुष गरी १० जना, वडा नम्बर– २ का चार पुरुष र वडा नम्बर १२ का एक महिला र दुई पुरुष गरी तीन जना  छन्।

यस्तै लम्की चुहा नगरपालिकाका दुई महिला र दुई पुरुष गरी ४ जना, जानकी गाउँपालिकाका २ जना र गोदावरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । 

प्रकाशित:
२०७७ असोज , ०३:२७
SPA
KN
Priya Gahana Pasal