धनगढी–कञ्चनपुरमा रहेको महाकाली सिँचाइ आयोजनाका कामु आयोजना निर्देशक प्रचण्ड देव विष्ट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ परेका छन् । सुनधाराको एक होटेल बाट प्रहरीले आज उनलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा बुझाएको हो ।
बरामद रकम उनले आयोजनाका ठेकदारसँग घुसबापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । विष्टले बरामद रकमको स्रोत खुलाउन नसकेको जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धानका प्रवक्ता तारानाथ अधिकारीले निर्देशक बिस्टलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।
आजको मिति