दुई लाख ४४ हजार नगद सहित कञ्चनपुरबाट १९ जना जुवाडे पक्राउ

card
सुदूर प्रेस संवाददाता

कञ्चनपुर– दुई लाख ४४ हजार नगद सहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर –२ बाट प्रहरीले गए राती १९ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

स्थानीय डबल बहादुर ऐरको खाजा घरभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए। 

उनीहरूको साथबाट २ लाख ४४ हजार एक सय ८० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा एकेन्द्र सुनार, गगन बहादुर ऐर, बालकृष्ण राना, जयबहादुर ऐर, सुवर्ण विष्ट, हरिस जोशी, विक्रम भण्डारी, मीन ठकुल्ला, विनोद विष्ट, ज्ञानु अहिर र मीन बहादुर गुरुङ हुन ।   यस्तै प्रकाश वोहरा, घनश्याम खत्री, गोविन्द पाण्डेय, नरेश रोकाया, सुरज बुडा, भूपेन्द्र पाण्डे, विक्रम सिंह र विष्णु भट्टलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू मध्ये ७ जना कैलालीको गोदावरीका हुन । 

प्रकाशित:
2020/09/25, 12:03