नेपालमा कोरोनाबाट ६ जनाको मृत्यु, मृतककाे संख्या ४ सय ५९ पुग्यो

संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ४ सय ५९ पुग्यो
Corona Update

धनगढी–कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र ३ जना पुरुष रहेको बताए । मृत्यु हुने महिलामा मोरङकी ६० वर्षीया, काठमाडौँकी ७५ वर्षीया र कपिलवस्तुकी ७० वर्षीया रहेका छिन् । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा मोरङका ५५ वर्षीय, सप्तरीका ७० वर्षीय र ललितपुरका ५१ वर्षीय रहेका छन् ।  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ४ सय ५९ पुगेको छ ।

प्रकाशित:
2020/09/25, 8:01