गौरीगङ्गा बन्यो अनियमितताको अखडा, काँग्रेसले गर्‍यो भ्रष्टाचारको भण्डाफोर

भ्रष्टाचारको अखडा
Gauriganga
सुदूर प्रेस संवाददाता

चौमाला - कैलालीको गौरीगङ्गा नगरपालिकामा गत आर्थिक वर्षमा विकास निर्माणका नाममा अनियमितता भएको नेपाली काँग्रेस नगर कार्यसमितिले ठहर गरेको छ । शनिवार चौमालामा पत्रकार सम्मेलनमार्फत नगरपालिकाभित्र विकास निर्माणका साथै कोरोनाका नाममा अनियमितता गरेको आरोप लगाएको हो । 

Gau

शनिवार पत्रकार सम्मेलन गर्दै काँग्रेस नगर कार्यसमितिले विकास निर्माणका नाममा अनियमितता गरेको ठहर गरेको हो । गौरीगङ्गा नगरपालिकामा असारे विकास गरेर व्यापक अनियमितता गरेको स्थानीय प्रकाश थापाले बताए । उनले भने, ‘ग्राभेलदेखि लिएर कोरोनाका नाममा भएको खर्चसम्ममा व्यापक भ्रष्टाचार भएको छ । काँग्रेस कार्यसमितिले गरेका अनुगमनका क्रममा व्यापक भ्रष्टाचार भएको ठहर गरेको हो । ‘कल्भर्ट निर्माण र ग्राभेलका नाममा व्यापक भ्रष्टाचार भएको छ,’ काँग्रेस नगर सभापति काँशीराम शर्माले भने, ‘हामीले नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्मका सबै वडामा अनुगमन ग¥यौँ, सबै ठाउँमा कामै नभई भुक्तानी गरिएको देखियो ।’ सबै कमजोरी नगरपालिकाको भएको बताउँदै भने, ‘नदी तटबन्धका नाममा कार्यकर्ता पोस्ने काम भएको छ, यसबाट जनता आजित भएका छन् ।’ उनले गौरीगङ्गामा आफ्ना कार्यकर्ता पोस्नेबाहेक अन्य काम नभएको बताए । 

Gauriganga

यस्तै कैलाली क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशीले गौरीगङ्गा नगरपालिकामा कार्यपालिका बैठकमै सबैलाई मिलाएर जानुपर्ने नगरप्रमुख भीमबहादुर देउवाले भन्दै आएको बताउँदै उनले भने, ‘अहिले गौरीगङ्गामा व्यापक भ्रष्टाचार मौलाएको छ ।’ बाटोघाटोदेखि लिएर कोरोनाका नाममा करोडौँ हिनामिना भएको छ । अहिलेसम्म हामीले विकास निर्माणका गतिविधि हेर्दै आएका थियौँ, अब भने कोरोनाका नाममा भएको भ्रष्टाचार बाहिर ल्याउने छौँ ।’

Gauriganga

प्रतिवेदन

Report Report Report Report Report Report Report Report Report Report Report Report Report Report

 

Report

 

 

 

 

 

 

 

प्रकाशित:
2020/09/27, 5:14