कैलालीको तेघरी ब्यारेकमा कार्यरत १३ जना सैनिकमा कोरोना सङ्क्रमण

ब्यारेक भित्र उच्च स्वास्थ्य सर्तकता
Corona Update

धनगढी–कैलालीको तेघरीमा रहेको सुदूरपश्चिम पृतना र भवानीदल गणमा कार्यरत  १३ जना सैनिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आइतबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सैनिकमा सङ्क्रमण पुष्टि भएको हो । उनीहरूलाई  ब्यारेक भित्रै बनाइएको अइसोलेशनमा राखिएको छ ।  । सङ्क्रमित हरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । तेघरीमा रहेको नेपाली सेना सङ्क्रमण सुरु भए देखिनै नियन्त्रण र रोकथामका लागी फिल्डमा खटिएको थियो । संक्रमणबाट निधन भएकोहरुको सब व्यवस्थापन पनि भवानी दल गणमा रहेको तालीम प्राप्त सेनाले गर्दै आएको छ । भारतबाट आएका हरूलाई राख्न समेत सेनाले ब्यारेक भित्रै रहेको विद्यालय परिसरमा आइसोलेसन बनाएको थियो । यसरी फिल्डमा खटिएका बखत नै उनीहरूमा सङ्क्रमण भएको हुनसक्ने देखिएको छ ।  सङ्क्रमण सुरु भए देखिनै  सम्भावित सङ्क्रमणबाट जोगिन गणमा उच्च सतर्कता अपनाएको थियो ।  मूल गेटमै हेल्प डेस्क स्थापना गरी भित्र प्रवेश गर्ने प्रत्येक सैनिक हरुको इन्फ्रारेड थर्मामिटरबाट तापक्रम मापन गर्ने व्यवस्था गरीएको छ । ब्यारेक प्रबेश गर्दा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरीएको छ । सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमणबारे सैनिक हरूलाई विशेष सावधानी अपनाउन सचेत गराइएको भवानीदल गणका प्रमुख सेनानी विकास केसीले बताए । 

No description available.

प्रकाशित:
2020/09/27, 6:44