कोभिड-१९ अपडेट : थप १३५१ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

Corona Update

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर १०  हजार ८० जनाको कोभिड-१९ संक्रमण पत्ता लगाउन गरिएको पीसीआरमा १ हजार ३ सय ५१ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सक्रिय संक्रमित १९ हजार ३ सय २४ रहेको जानकारी दिए।

तीमध्ये ६ हजार ३ सय १० जना क्वारेन्टानमा छन् । आइतवार ७ सय ४२ जना आज डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ। हालसम्म संक्रमित संख्या ७४ हजार ७ सय ३५ छ । आइतवार भने मृतक संख्या अघिल्ला दिनको तुलनामा घटेको छ । ४ जनाको संक्रणका कारण निधन भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

प्रकाशित:
2020/09/28, 4:42