बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

Corona Update

बाँके— बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । सोमबार राति उपचारका क्रममा दुई जनाको मृत्यु भएको  बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
उपचारकै क्रममा कोहलपुर नगरपालिका १० का ५३ वर्षका पुरुष र नेपालगंन्जका ४१ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । नेपालगन्जका ४१ वर्षीय पुरुष नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी हुन् ।

प्रकाशित:
2020/09/29, 11:58