धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

धनगढीमा ३६ सहित कैलालीमा ९१ जना सङ्क्रमित थपिए
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीमा आज एकै दिन ९१ सहित थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा  धनगढी उप–महानगरपालिकाका ३६ जना, गोदावरी नगरपालिका ३२ जना, गौरीगंगा नगरपालिकाका १३ जना, जानकी गाउँपालिकाका ५ जना, घोडाघोडी नगरपालिकाका चार जना र बर्दगोरिया गाउँपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको  अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले दिएको जानकारी दिए ।  यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जना, बेलौरी, पुनर्वास र झलारीका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । उता दार्चुलाको ब्यासका थप एक जनामा पनि सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् । लकडाउन खुकुलो भएसङै लक्षण सहितको सङ्क्रमण वढदै गएकोले सचेतना अपनाउन डाक्टरले सुझाव दिएका छन् । 

No photo description available.

प्रकाशित:
2020/10/02, 6:35
SPA
KN
Priya Gahana Pasal