गौरीगंगा नगरपालिकाका मेयर देउवालाई कोरोना भाइरस संक्रमण

bhim deuba

धनगढी–कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार भएको परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 
मेयर देउवा अहिले होम आईसोलेसनमा छन्। नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतलाई संक्रमण पुष्टि भएपछि जनप्रतिनिधी र अन्य कर्मचारीको कोरोना परीक्षण गरिएकोमा मेयर देउवालाई संक्रमण देखिएको हो।

प्रकाशित:
2020/10/03, 7:06
SPA
KN
Priya Gahana Pasal