सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या साढे ७ हजार पुग्यो

१ हजार ४ जना सक्रिय सङ्क्रमित, ३ जनाको  आइसियुमा उपचार हुँदै
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे ७ हजार पुगेको छ । प्रदेशका कैलाली, डडेलधुरा, डोटी र  बैतडीमा रहेका प्रयोगशालामा हाल सम्म ८५ हजार १ सय ५७ जनाको स्वाब परीक्षण गरिएको थियो ।  ती मध्ये ७ हजार ४ सय ९५ जनाको रिपोट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा हाल सम्म ६ हजार ४ सय ७४ जना सङ्क्रमण मुक्त भएका छन् । 

त्यस्तै विभिन्न जिल्लामा  १ हजार ४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  सक्रिय सङ्क्रमित मध्ये सबैभन्दा बढी कैलालीमा ५१७ जना छन् । त्यस्तै डोटीमा १ सय ३६,अछाममा १ सय ८,बझाङमा १ सय १०, कञ्चनपुरमा ६४,बैतडीमा ३० जना, दार्चुलामा ३६ र डडेलधुरामा १२ जना सक्रिय सङ्क्रमित छन् । बाजुरामा सक्रिय सङ्क्रमित छैनन् । 

कोरोना सङ्क्रमित ३ जनालाई आइसियुमा राखिएको छ । पछिल्लो २४ घण्टामा शुक्रवार बेलुका सम्म सुदूरपश्चिममा १२० जनामा सङ्क्रमण पुष्टि भएको छ ।   हाल सम्म यो प्रदेशमा कोरोना सङ्क्रमणबाट १७ जनाको मृत्यु भएको छ । 

                                                                    स्रोत–सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय

 

प्रकाशित:
2020/10/03, 7:57
SPA
KN
Priya Gahana Pasal